केन्द्रिय सड़क परिवहन एवं राजमार्ग मन्त्री नितिन गडकरीलाई मार्ने धमकी

नागपुर: शनिवार फोनमा केन्द्रिय सड़क परिवहन एवं राजमार्ग मन्त्री नितिन गडकरीलाई मार्ने धमकी दिइएको छ। कुख्यात ग्याङस्टर दाऊद इब्राहिमको नाममा गडकरीको जनसम्पर्क कार्यालयमा शनिवार तीनपल्ट फोन गरेर धमकी दिइयो। पुलिसको साइबर टीम जाँचमा जुटेको छ। वर्तमानमा केन्द्रिय मन्त्री गडकरी नागपुरमा छन्। उनको कार्यालय र आवासको सुरक्षा बढाइएको छ। गडकरीको नागपुरस्थित जनसम्पर्क कार्यालय अनुसार, शनिवार बिहान ११.३० बजीदेखि १२.४० बजीसम्म तीनपल्ट फोन आयो। फोन गर्ने व्यक्तिले दाउद इब्राहिमको नाममा दुई करोड रूपियाँ मागे। पैसा नदिएको खण्डमा मार्ने धमकी दिए। फोनकलपछि कार्यालयका कर्मचारीहरूले तत्काल पुलिसलाई सूचना दिए। पुलिसको टीम तत्काल गडकरीको कार्यालय पुगे । पुलिसले कल कहाँबाट आएको थियो र कसले गरेको थियो भन्ने विषयमा जाँच शुरू गरेको छ।

About Author

Advertisement