केन्द्रिय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानसँग राज्यपाल लक्ष्मण प्रसाद आचार्यको भेट

IMG-20230702-WA0382.jpg

गान्तोक: राज्यका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले हिजो नयाँ दिल्लीमा केन्द्रिय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानसँग शिष्टाचार भेट गरे। यस सौहार्द्रपूर्ण भेट अवधि राज्यपाल लक्ष्मण प्रसाद आचार्यले सिक्किम राज्यले शिक्षा क्षेत्रमा गरेको विकास अनि प्रगतिको निम्ति शुरू गरिएको महत्वपूर्ण पहल र विषयहरूमाथि चर्चा गरे। भेट अवधि मुख्यरूपले उच्चतर शिक्षासँग सम्बन्धित विभिन्न विषयहरू लगायत सिक्किम राज्यमा केसर खेतीको उत्पादनबारे विस्तारूपमा छलफल गरियो। यस केन्द्रीय शिक्षामन्त्रीसँगको भेटले राज्यमा शिक्षाको क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन सहयोग प्राप्त हुने राज्यपाल आचार्यले आशा व्यक्त गरेका छन्।

About Author

Advertisement