गान्तोक: केन्द्रिय विदेश मामिला एवं शिक्षा राज्य मन्त्री डा. राजकुमार रंजन सिंह तीन दिवसीय भ्रमणमा आज सिक्किम आइपुगेका छन्।
केन्द्रिय राज्य मन्त्रीलाई रम्फूमा एसडीएम सुजाता सुब्बा, एसडीपीओ एलबी छेत्री, शिक्षा विभागका संयुक्त निदेशक केबी छेत्री आदिले स्वागत जनाए। सिंहको साथमा उनका निजी सचिव शेरमतोम्बी मेइती पनि आएकी छन्। उनी २ नोभेम्बरको दिन फर्किने छन्।









