केन्द्रिय राज्य मन्त्री निशीथ प्रमाणीकद्वारा अलिपुरद्वार जिल्ला अदालतमा समर्पण

45d6287b-41e2-401a-b070-f2d6d37c8d84


कालचिनी- केन्द्रिय राज्य मन्त्री तथा कोचबिहार सांसद निशीथ प्रमाणीक विरुद्ध अलिपुरद्वार जिल्लाको तेस्रो अदालतले गत ११ नोभेम्बरको दिन अदालतमा हाजीर नभएकोमा पक्राउ वारन्ट जारी गरेको थियो भने मंगलाबार केन्द्रिय राज्य मन्त्री निशीथ प्रमाणीक अलिपुरद्वार जिल्ला अदालतमा आईपुगेको थियो। उल्लेखनीय छ, विगत २००९ सालमा अलिपुरद्वार सहरको दुईवटा सुन दोकानमा चोरी भएको मामिलामा निशीथ प्रमाणीक विरुद्ध अलिपुरद्वार थानामा अभियोग दर्ता भएको थियो । तर २०१९ सालमा निशीथ प्रमाणीक कोचबिहारको सांसदमा निर्वाचित बनेपछि बारासातको एमपी अदालतमा स्थानान्तरण भएको थियो।
पछि फेरि स्वयं निशीथ प्रमाणीकको विशेष आवेदनमा कलकत्ता हाईकोर्टले तिनको मामिलालाई अलिपुरद्वार लोवर कोर्टमा पठाउने निर्देश दिएको थियो।
प्रमाणीकको पक्षमा मामिला सुनवाईमा कुनै अधिवक्ता उपस्थित नहुँदा अलिपुरद्वार जिल्लाको तेस्रो अदालतले निशीथ प्रमाणीक विरुद्ध पक्राउ वारन्ट जारी गरेको थियो। मंगलबार यसै मामिलामा अलिपुरद्वार जिल्ला अदालतमा समर्पण गर्न आएको केन्द्रिय राज्य मन्त्री तथा कोचबिहार सांसद निशीथ प्रमाणीकले पत्रकारहरूसितको कुराकानीमा राजनीतिमा नेताहरू विरुद्ध मिथ्या अभियोग थोप्ने जुन अपसंस्कृति छन् त्यसलाई हामीले अब छोड़नु पर्ने र झुटो मामिलामा कुनै पनि दलको नेता जनप्रतिनिधि विरुद्ध उसको व्यक्तित्वलाई बदनाम गर्ने कुचेष्टाको हामीले एक भएर आह्वान गर्नुपर्ने बताए। आफू विरुद्ध माननीय अदालतले जे निर्देश दिन्छन् त्यसलाई सम्मान गर्दै आज आफू अलिपुरद्वार जिल्ला अदालतमा आएको र आगामी केही दिनभित्रै मामिलाको फसेला सबै समक्ष आउने बताए।

About Author

Advertisement