केकेआर-को दुर्दशा जारी, सीएसके-को लगातार दोस्रो जीत

IMG-20260415-WA0000

चेन्नई: आईपीएल २०२६-को २२औं म्याचमा ५ पल्टको च्याम्पियन चेन्नई सुपर किंग्स (सीएसके)-ले कलकत्ता नाइट राइडर्स (केकेआर)-लाई सजिलै ३२ रनले पराजित गऱ्यो। एमए चिदाम्बरम स्टेडियममा टस हारेर पहिला ब्याटिंग गर्दै सीएसके-ले २० ओभरमा ५ विकेट गुमाएर १९२ रन बनायो। त्यसपछि केकेआर-ले १९३ रनको लक्ष्यलाई अघि राखेर खेल्दै २० ओभरमा ७ विकेट गुमाएर १६० रन मात्र बनाउन सक्यो। यो सीएसके-को जारी सीजनमा लगातार ३ वटा म्याच हारेपछि लगातार दोस्रो जीत हो। चेन्नई अहिले ५ वटा म्याचमा ४ पोइण्ट्सको साथ आईपीएल पोइण्ट्स टेबलमा नेट रन रेटको आधारमा आठौं स्थानमा रहेको छ। यसरी अहिलेसम्म ५ वटा म्याच खेलेर एउटा पनि नजित्ने केकेआर केवल १ पोइण्टको साथ दशौं तथा अन्तिम स्थानमा रहेको छ। आज आफ्नो होम ग्राउण्डमा पहिला ब्याटिंग गर्दै सीएसके-को निम्ति ओपनर सञ्जु सेमसनले ४ वटा चौका र ३ वटा छक्काको साथ ३२ बलमा सर्वाधिक ४८ रन बनाए। यसरी चौथो नम्बरमा खेल्दै डेवाल्ड ब्रेविसले २९ बलमा ४१ रन बनाए। उनले ४ वटा चौका र २ वटा छक्का लगाए। यसबाहेक युवा आयुष म्हात्रेले ३८ र सरफराज खानले २३ रनको योगदान दिए। म्हात्रेले १७ बल खेलेर ७ वटा चौका र २ वटा छक्का लगाए। केकेआर-का बलरहरूमा कार्तिक त्यागीले सर्वाधिक २ विकेट लिए। म्याच जित्न चुनौतीपूर्ण लक्ष्यलाई खेदो गर्दै केकेआर-ले खराब शुरुवातपछि ईनिंग्सलाई सम्हाल्न सकेन। नवौं नम्बरमा खेल्दै रमनदीप सिंहले सर्वाधिक ३५ रन बनाए। उनले २३ बल खेलेर ४ वटा चौका र एउटा छक्का लगाए। यसबाहेक कप्तान अजिंक्य रहाणेले २८, अंगकृष रघुवंशीले २७ र सुनिल नारेनले २४ रनको योगदान दिए। रोवम्यान पावेलले २ वटा छक्का र एउटा चौकाको सहायताले २२ बलमा अविजित ३१ रन बनाए। आईपीएल इतिहासको सबैभन्दा महँगो खेलाड़ी क्यामरन ग्रीनले आज पनि निराशाजनक प्रदर्शन गर्दै खाता नखोली आउट भए। सीएसके-का बलरहरूमा स्पिनर नूर अहमदले सर्वाधिक ३ विकेट लिए।

About Author

Advertisement