कुवेतमा गर्मीले यस्तो अवस्था

Kuwait-1

विश्वको सबैभन्दा धनी देश कुवेतको राजधानी कुवेत सिटी ‘मार्सेली अफ द गल्फ’ को नामले प्रसिद्ध छ। यो शहर कुनै समय यसको तटीय भीड र माछा मार्ने उद्योगको लागि परिचित थियोl  तर अहिले समुद्र तटको शहरको रूपमा आफ्नो प्रतिष्ठा कायम राख्न संघर्ष गरिरहेको छ। यसको कारण यहाँको गर्मी हो। पछिल्लो केही वर्षयता कुवेतमा जसरी तापक्रम बढेको छ, त्यसले नयाँ संकट सिर्जना गरेको छ। विश्वको सबैभन्दा गर्मी शहर भनिने कुवेत सिटीमा तापक्रम बढ्दै गएपछि पानीमुनि माछा मरिरहेका छन् भने चराचुरुङ्गी उड्न नसकेका छन्। डेली स्टारको रिपोर्ट अनुसार कुवेत सिटी मुख्यतया कंक्रीट र डामरले निर्माण गरिएको हो। विश्वभर तापक्रम बढ्दै गएपछि यो शहर बस्न योग्य छैन।

उत्तरी कुवेतको मिरिबाह मौसम स्टेशनले २१ जुलाई २०१६ मा विश्वको तेस्रो उच्च तापक्रम रेकर्ड गर्‍यो, जब पारा अविश्वसनीय ५४ डिग्री सेल्सियसमा बढ्यो। २०२१ मा यहाँको तापक्रम १९ दिनसम्म ५० डिग्री सेल्सियसभन्दा माथि रह्यो। अब यो डरलाग्दो कीर्तिमान पनि टुट्ने खतरा छ। शहरमा ५० डिग्री सेल्सियसको हाराहारीमा निरन्तर तापक्रम बढ्दै जाँदा स्वास्थ्यमा गम्भीर समस्या देखिएको छ  गर्मीका कारण थकान र मुटुसम्बन्धी रोग मृत्युको कारण बन्दै गएको छ। देशमा तीब्र गतिमा न्यानो बढ्दै गएको र शताब्दीको अन्त्यसम्ममा तापक्रम ५ दशमलव ५ डिग्री सेल्सियसले बढ्ने मौसमविद्हरुले चेतावनी दिएका छन्। कुवेत शहर वन्यजन्तुका लागि पहिलेदेखि नै तातो छ, तापक्रम अझै बढ्यो भने यहाँ मानिस बस्न सक्ने अवस्था छैन। गर्मीका कारण आगामी वर्षहरूमा यो सिङ्गो शहर पनि सुनसान हुनसक्छ।

About Author

Advertisement