कुचबिहार: कुचबिहारको शीतलकुचीमा फेरि गोली हानाहान भएको छ। घटनामा एक महिलालाई गोली लागेको छ। घटना बुधबार शितलकुचीको पठानटुली क्षेत्रमा भएको हो। खेतको धानबाली भेडाले खाएपछि सुरु भएको बताइएको छ। घाइते महिलाको पहिचान रोशना बिबी (३५) रहेको छ। उनलाई अस्पतालमा भर्ना गरिएको छ। सूचना पाएपछि पुलिस घटनास्थल पुगेको थियो।

भेडाको धान खाएको विषयलाई लिएर दुई छिमेकीबीच झगडा सुरु भएको छ। त्यही क्रममा एक छिमेकीले अर्को छिमेकीलाई गोली हानेको आरोप छ। घटनामा रोशना बिबीको खुट्टामा गोली लागेको छ। उनलाई तत्कालै शितलकुची ब्लक प्राथमिक स्वास्थ्य केन्द्र लगिएको थियो। प्रारम्भिक उपचारपछि उनलाई कुचबिहार रिफर गरिएको थियो। शितलकुची पुलिस चौकीका ओसी मृत्युञ्जय चक्रवर्तीले गडबडी भएको जानकारी दिए। घटनाको अनुसन्धान भइरहेको छ।










