कुचबिहारको धेरै ठाउँहरूमा बाढको स्थिति उत्पन्न

IMG_20220618_232155.jpg

कुचबिहार: कुचबिहारको धेरै ठाउँहरूमा बाढको स्थिति उत्पन्न भएको छ। तुफानगञ्ज रायडक नदीमा सिँचाई विभागले यल्लो अलर्ट जारी गरेको छ। अधिक वर्षाले गर्दा यस वर्ष कुचबिहारको तोर्षा नदीको जलस्तर निक्कै बढेर खतराको निशानभन्दा माथि पानी बगेकोले सहर संलग्न फाँसीर घाट, टाकागाछ इलाकाको घरहरूमा पानी पसेपछि मानिसहरूले घर छोडेर बाँधमाथि आश्रय लिइरहेका छन्। लगातार परिरहेको पानी साथै भुटानबाट पानी छोडेकोले गर्दा तोर्षा, नदीको जल स्तर निक्कै बढेपछि यल्लो अलर्ट जारी गरेको बताइएको छ। नदीको जल स्तर अझै बढ्न सक्ने सिँचाई विभाग सूत्र मार्फत् थाहा लागेको छ। यसले गर्दा परिस्थिति अझ भयावह हुनसक्ने आशंका व्यक्त गरेको छ।

About Author

Advertisement