किसान खेत मजदूर तृणमूल कङ्ग्रेसको कर्मी सम्मेलन सम्पन्न

68a858c6-ce3d-4609-8fdb-3caef95c3dba

कालचिनी – कालचिनी खण्डको दक्षिण मेन्दाबारी बस्तीमा आज किसान खेत मजदूर तृणमूल कङ्ग्रेसको अलिपुरद्वार जिल्ला स्तरीय प्रशिक्षण शिविर साथै कालचिनी ब्लक सम्मेलन सम्पन्न भयो। सो सम्मेलनमा प्रमुख अतिथिको रुपमा अलिपुरद्वार जिल्ला तृणमूल कङ्ग्रेसको चेयरम्यान मृदुल गोस्वामीको उपस्थिति रहेको थियो भने अन्यान्य विशिष्ट अतिथिहरूमा मेन्दाबारी ग्राम पञ्चायत प्रधान मोना राभा, उपप्रधान चन्द्रा नार्जीनारी, लोथाबारी ग्राम पञ्चायतका उपप्रधान गौरी ठाकुर, किसान खेत मजदूर तृणमूल कङ्ग्रेसको कालचिनी ब्लक चेयरम्यान तथा आत्मा प्रकल्पको चेयरम्यान अधीर राय, विशिष्ट नेताहरू बिजय साइबो, कृष्ण वसुमता, एवम् अलिपुरद्वार जिल्लाको किसान नेताहरूको उपस्तिथि रहेको थियो।

उक्त सम्मेलन मार्फत आगामी पञ्चायत चुनाउलाई ध्यानमा राखेर प्रत्येक बूथ स्तरीय नेताहरूलाई काम गर्ने सुझाव मृदुल गोस्वामीले दिएको थियो भने किसानहरूको निम्ति राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले कृषक बन्धु योजना एवम् जमीनको पट्टा प्रदान गर्दै आइरहेको र कृषि क्षेत्रमा धेरै लाभकारी योजनाहरू लागु गर्न तृणमूल सरकारपछि नपरेको वक्ताहरूले आह्वान गरेको थियो। मूलतः आज जिल्ला स्तरीय प्रशिक्षण साथै किसान खेत मजदूर तृणमूल कङ्ग्रेसको कालचिनी ब्लक सम्मेलन सम्पन्न भएको र यस सम्मेलन मार्फत सङ्गठनलाई बलियो बनाई लैजान नेतृत्वहरूलाई आह्वान गरिएको किसान खेत मजदूर तृणमूल कङ्ग्रेसको कालचिनी ब्लक चेयरम्यान अधीर रायले थप जनाएका छन्।

About Author

Advertisement