किसान क्रेडिट कार्डलाई लिएर बैठक सम्पन्न

IMG-20221124-WA0292.jpg

गान्तोक: पशुपालन विभाग र सिक्किम मिल्क यूनियनले राज्यका दुग्ध किसानहरूलाई किसान क्रेडिट कार्ड-एएच उपलब्ध गराउने उद्देश्यका साथ सरोकारवालाहरूलाई लिएर एक बैठक आयोजना गर्‍यो उक्त बैठकमा विभागका सचिव डा. पी. सेन्थिल कुमार, सचिव पशुपालन र पशु चिकित्सा सेवा विभाग-सह प्रबन्ध निर्देशक, सिक्किम मिल्क युनियन र ब्याङ्कका प्रतिनिधिहरू लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै ब्याङ्कका स्रोतवक्ताहरूले किसान क्रेडिट कार्डको लाभ र महत्वबारे विस्तृतरूपमा जानकारी गराए। किसान क्रेडिट कार्डलाई व्याङकको एकाउन्ट नम्बरसँग लिङ्क गराउनु पर्ने आग्रह गरियो। व्याङ्कसँग लिङक गरेपछि किसानहरूले पाउनु पर्ने पैसा स्वतः व्याङ्क एकाउन्टमा जाने जानकारी गराए। यसै क्रममा सिस्को व्याङ्कका अधिकारीहरूले किसान क्रेडिट कार्ड पाउनको निम्ति चाहिने आवश्यक कागज पत्रबारे अवगत गराए। सोही प्रकारले सचिव सेन्थिल कुमारले सहभागीहरूलाई राज्यका सबै दुग्ध किसानहरूलाई किसान क्रेडिट कार्डले सयप्रतिशत कभरेज सुनिश्चित गर्ने भएकोले प्रेरित गर्दै त्यसलाई प्राप्त गर्नको लागि सम्वन्धित निकायसँग तालमेल राख्नु पर्ने आग्रह गरे।

About Author

Advertisement