केन्द्रीय मन्त्री किरण रिजिजू भुटान भ्रमणमा

FB_IMG_1793467399909

​नयाँ दिल्ली। भारतीय केन्द्रीय मन्त्री किरण रिजिजू औपचारिक भ्रमणका क्रममा भुटान पुगेका छन्। भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई भुटानका प्रधानमन्त्री दाशो छिरिङ तोब्गे, परराष्ट्रमन्त्री ल्योनपो डी.एन. ढुंगेल, परराष्ट्र सचिव तथा भुटान र भारतका राजदूतहरूले न्यानो स्वागत गरेका छन्।
​भ्रमणका क्रममा मन्त्री रिजिजू भुटानका राजाको विशेष पहलमा स्थापना गर्न लागिएको १०८ वटा स्तुप (जांग्चुब चोर्टेन) को भव्य समारोहमा सहभागी हुन गेलेफुतर्फ प्रस्थान गरेका छन्। यस कार्यक्रमलाई उनले गहिरो आध्यात्मिक तथा सांस्कृतिक महत्वको क्षणको रूपमा उल्लेख गरेका छन्।

About Author

Advertisement