कालेबुङ जिल्लामा ग्रामीण सड़कहरूको विकास गर्न स्वीकृति प्रदान

Raju-Bist

सिलगढी: कालेबुङ जिल्लामा ग्रामीण सड़कहरूको विकास गर्न ९ प्रमुख परियोजनाहरूलाई स्वीकृति प्रदान गरेको संसद राजु बिष्टले बताएका छन्l जसमा कोर नेटवर्कमा ३३ वटा सडक समावेश रहेको उनले प्रेस विज्ञप्तिमा बताएका छन्। आफ्नो अनुरोधमा यो पहल भएको बताउँदै उनले विज्ञप्तिमा यसरी भनेका छन्, ‘दार्जीलिङ पहाडी क्षेत्रका १२ प्रमुख सड़कहरू लागि यसैप्रकारका परियोजनाहरू निम्ति स्वीकृति पहिले नै दिइसकिएको छ, अनि सिलगढ़ी महकुमा परिषदका लागि यस्तै परियोजनाहरूलाई आउँदो केही दिनमा अन्तिम रूप दिइनेछl’

विज्ञप्तिमा बताइएअनुसार कालेबुङका लागि परियोजनाहरूको स्वीकृतिमा निम्न स्थानका सड़कहरू सामेल हुनेछन्:

१. शेर्पा गाउँ देखि शेरमाली रोड़

२. पानडाँडा देखि कुमाई मोड़

३. कुमानी मोड़ देखि रङ्टा

४. अम्बके गोलाई देखि चारखोल फाटक, कालदेनडाँडा हुँदै

५. हनुमान फाटक देखि चुईखिम, फ्याङटार कम्बल हुँदै

६. पेदोङ (रेशी रोड़) देखि भालु मार्ग, फुरुन कमजेर हुँदै

७. नोकडाँडा देखि सामलबुङ  

८. देउराली फाटक देखि लाभा (९ माईल), नोकडाँडा हुँदै

९. लाभा रोड़ (६ माईल) देखि कागे

कुल मिलाएर, केन्द्रीय सरकारले हाम्रो दार्जीलिङ र कालेबुङ पहाड़ क्षेत्रका लागि २१३ किलोमीटरका ग्रामीण सड़कहरूका लागि स्वीकृति दिएको उनले बताएका छन्।

About Author

Advertisement