कालेबुङको धार्मिक तथा पर्यटन स्थल मुल खर्क- फुसरे पोखरीको जीटीए प्रमुखले गरे निरीक्षण

photocollage_20221216162137406.jpg

कालेबुङ: जीटीए प्रमुख कार्यपाल अनित थापा दुईदिने कालेबुङ भ्रमणमा छन्।दोस्रो दिन ३८ नम्बर समष्टिको विभिन्न ठाउँको परिभ्रमण गरे। उनले सिक्किम पश्चिम बंगालको सिमाना क्षेत्रमा पर्ने लिङ्गसेखा ग्राम पञ्चायत अन्तर्गत धार्मिक एवम् पर्यटन स्थल मुल खर्क- फुसरेको निरीक्षण गरे। यस अवसरमा अनित थापाको साथमा कालेबुङका विधायक रूदेन लेप्चा, भागोप्रमो कालेबुङ जिल्ला अध्यक्ष सीबी गुरुङ, भागोप्रमो ३८ नम्बर समष्टि अध्यक्ष तथा सभासद कुमार शर्मा, ४० नम्बर समष्टि सभासद कमल सुब्बा लगायत पार्टीका स्थानीय अन्य केही शिर्ष नेताहरूको उपस्थिति रहेको थियो।

About Author

Advertisement