काली पूजा अघि जलपाईगढीमा नाका चेकिङ

IMG-20241027-WA0156

जलपाईगढी: काली पूजा अघि, पुलिसले जलपाईगढीमा कडा चेकपोस्ट चेकिंग शुरु गरेको छ। पुलिसले दिनरात चेकजाँच गरिरहेको छ। जलपाईगढी शहरको बेगुनटारी चोक नजिकैको इलाकामा मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाउने क्रममा ट्राफिक पुलिसले तीन जनालाई पक्राउ गरेको छ। घटनामा मोटरसाइकलसहित तीन जनालाई पक्राउ गरी पुलिस चौकीमा राखिएको छ। जलपाईगढी जिल्ला पुलिस प्रशासनले हेल्मेट बिना सवारी चलाउने, रक्सी सेवन गरी सवारी चलाउने, तीव्र गतिमा सवारी चलाउने, सेभ ड्राइभ र सेभ लाइफको नियम उल्लङ्घन गर्नेलाई कारबाही गरिरहेको छ। ट्राफिक पुलिसले सडकमा कडा निगरानी गरिरहेको छ। जिल्ला पुलिस कार्यालयले सीसीटीभी क्यामेरामार्फत २४सै घण्टा निगरानी गरिरहेको पुलिस उपरीक्षक उमेश खण्डबाहलेले बताए।

About Author

Advertisement