कालचिनी: आउँदो महिना २ अक्टोबरमा सम्पन्न हुने दशैं फूलपातिको दिन दिउँसो फूलपाति शोभायात्रा निकालिने र त्यसपछि साँझ कालचिनी थाना मैदानमा चर्चित नेपाली युवा गायक तथा संगीतकार पुष्पन प्रधानको गीति साँझ सम्पन्न हुने भएको छl यस बारेमा आइतबार फूलपाति कार्यक्रम कमिटीका सभापति चन्दन भट्टराई र सचिव रञ्जित प्रधानले संयुक्त रुपमा जानकारी दिएका छन्। उक्त कार्यक्रमको निम्ति कमिटी गठन गरिनको साथै फूलपाति कार्यक्रमलाई नेपालीहरुको एकता अनि भाईचाराको सन्देश दिनलाई फूलपाति शोभायात्रा निकाल्ने तय भएको छl र दिउँसो फूलपाति शोभायात्रा समापनपछि साँझमा रमाइलो संगीतमय साँझमा पुष्पन प्रधानको सांगीतिक प्रस्तुति सम्पन्न हुने भएको छ।











