कालचिनी: कालचिनी ब्लकको लताबारी ग्रामीण अस्पतालबाटै वैष्णवी चिकबराइक नाम गरेकी विद्यार्थीले उच्च माध्यमिक परीक्षा दिइन्। प्राप्त जानकारी अनुसार गत दुई दिन अघि अस्वस्थ्य भएर वैष्णवी चिकबराइक अस्पतालमा भर्ना भएकी थिइन्। आजदेखि उच्च माध्यमिक परीक्षा शुरू भएकोले तिनले अस्पतालबाट नै परीक्षा दिइन्। कालचिनी ब्लक प्रशासनको तर्फबाट अस्पतालमै परीक्षाको व्यवस्था गरिदिएको छ। कालचिनीका बीडीओ आज उक्त परीक्षार्तीसित भेट गर्न अस्पताल पुगेका थिए। यस विषयमा बीडीओ प्रशान्त बर्मनले भने, प्रशासनको तर्फबाट परीक्षाको लागि सबै व्यवस्था गरिदिएको छ। गाइड लाइनअनुसार उक्त छात्रालाई परीक्षाको व्यवस्था गरिदिएको हो।










