काब्रेमा मन्त्री खरेल सम्मानित

IMG-20230917-WA0009.jpg

रम्फू: नाम्ची जिल्ला अन्तर्गत नाम्थाङ रातेपानी निर्वाचन क्षेत्रको करेक काब्रे ग्राम पञ्चायत इकाईस्थित करेक कैंजले निम्न माध्यामिक विद्यालय साथै काब्रे माध्यामिक विद्यालयको नवनिर्माण भवनको विधिवत उदघाटन गरियो। कार्यक्रममा मुख्य अतिथि क्षेत्र विधायक एव भवन तथा आवास साथै समाजिक कल्याण , महिला तथा बाल बिकास बिभागीय मंन्त्री संञ्जीत खरेलको उपस्थिति रहेको थियो। नाम्थाङ रातेपानी निर्वाचन क्षेत्रका खण्ड बिकास अधिकारी योगेन स्याङदेन, दक्षिण जिल्ला शिक्षा विभाग प्रभारी डीबी राई, सम्बन्धित विभागीय अधिकारीहरुको उपस्थिति रहेको थियो।

मन्त्री खरेलले १૪ भन्दा अधिक पाठशाला भवनहरुको नवनिर्माण गरिरहेको र धेरभन्दा धेर नव निर्माण पाठशाला भवान हरुको निर्माण कार्य पुरा भई उद्घाटन कार्यक्रम भईरहेको जानकारी दिइयो। आफ्नो सम्बोधनमा उऩले सिक्किम सरकारको राम्रो कामको कारण क्षेत्रमा रहेको बिभिन्न पाठशीलीहरुमा पूर्वाधार विकासहरु भई रहेको फलस्वरुप पाठशाला परिसरमा नव रंगशाला खेल मैदान, मध्यान्ह भोजन गृह. पुस्तकालय आदिको निर्माण भई रहेको जानकारी दिए। आज करेक काब्रे माध्यामिक विद्यालयको नव निर्माण भवनको उद्घाटन कार्यक्रममा सञ्चालन सञ्चालन समितिद्धारा खरेललाई सम्मानित गरियो।

About Author

Advertisement