कानपुर: भारत र बंग्लादेशबीच दोस्रो क्रिकेट टेस्ट म्याचको दोस्रो दिनको खेल लगातार वर्षाले गर्दा एक बल पनि नभइ रद्द गरियो। बिहान हल्का वर्षा भए पनि पछिबाट भारी वर्षा हुँदा ग्रीन पार्क स्टेडियममा दोस्रो दिन पनि खेल हुन सकेन। मैदानकर्मीहरूले ११.१५ बजी वर्षा रोकिएपछि तीनवटा सुपर सोपर्सको साथ काम शुरु भए पनि कुनै फाइदा भएन। यसबाहेक पर्याप्त प्रकाश पनि नहुँदा दिउँसो २:१५ बजी दोस्रो दिनको खेल आधिकारिक रूपले रद्द गरियो। मौसम विभागको रिपोर्टअनुसार आइतवार पनि वर्षा हुने सम्भावना छ तर सोमवार र मंगलवार चाहिँ आकाश सफा रहन सक्छ। यसैकारण दोस्रो टेस्ट म्याच ड्र रहने सम्भावना सृष्टि भएको छ। शुक्रवार म्याचको पहिलो दिन पनि वर्षाले गर्दा केवल ३५ ओभरको खेल सम्भव भएको थियो अनि बंग्लादेशले पहिला ब्याटिंग गर्दै आफ्नो पहिलो ईनिंग्समा ३ विकेट गुमाएर १०७ रन बनाएको थियो। मोमिुनल हक (अविजित ४०) र मुश्फिकुर रहीम (अविजित ६ रन) क्रीजमा रहेका छन्। बंग्लादेशले पहिलो दिन जाकिर हसन (शून्य), शादमान इस्लाम (२४ रन) र कप्तान नाजमुल होसेन शान्तो (३१ रन)-को विकेट गुमाएको थियो। यसमा जाकिर र शादमानलाई आकाश दीपले आउट गरे। यसरी शान्तोको विकेट रविचन्द्रन अश्विनले हाससिल गरे।










