काठमांडूमा निरन्तर परेको पानीले जन जीवन प्रभावित, उड़ान अबरूद्ध

IMG-20241104-WA0176

काठमांडू: काठमाडौंमा बिहानैदेखि परेको वर्षाले जनजीवनसँगै हवाइ उडान पनि प्रभावित भएको छ।
भिजिबिलिटी कमजोर हुँदा काठमाडौँबाट तराई क्षेत्रका विमानस्थलमा उडान नियमित भइरहे पनि दुर्गम क्षेत्रका अधिकांश उडान हुन सकेको छैन। अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान सामान्य प्रभावित रहे पनि अन्तर्राष्ट्रिय उडान सामान्य रूपमा सञ्चालन भइरहेको छ।
देशभर पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको पश्चिम बंगाल आसपास रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभावले वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

About Author

Advertisement