काठमांडूमा चिनियाँ वैज्ञानिक पिन तिङ सम्मानित

IMG-20241031-WA0411

काठमांडू: नेपालका संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेले गणतन्त्र चीनका विश्वविख्यात वैज्ञानिक प्राध्यापक पिन तिङलाई सम्मान गरेका छन्।
सुदूरपश्चिम विश्वविद्यालयको सक्रियतामा जलवायु परिवर्तन, ऊर्जा र स्वास्थ्यसम्बन्धी १६ वटा देशका वैज्ञानिकहरूको सहभागितामा काठमांडूमा आयोजित एक गोष्ठीमा वैज्ञानिक प्राध्यापक पिन तिङलाई सम्मान गरिएको हो। गोष्ठी समापनका अवसरमा मन्त्री पाण्डेले उनलाई अभिनन्द गरेका हुन्।
उक्त गोष्ठीमा जलवायु परिवर्तन, ऊर्जा र स्वास्थ्य क्षेत्रका समस्या समाधान लगायतका विषयका साथै पर्यटन प्रवर्द्धनका क्षेत्रमा गुणस्तरीय छलफल भएको प्रति कृतज्ञता व्यक्त गरेका थिएl मन्त्री पाण्डेले भने, आज हामी एउटा विशेष सन्दर्भले जोडिएका छौँ। हामी एकजना विश्वविख्यात वैज्ञानिकलाई हाम्रो तन, मन र वचनबाट सम्मान गर्दैछौँ। चीनमा डिस्टिङगुइस योङ साइन्टिस्ट र छाङच्याङको उपाधि प्राप्त गरी सक्नुभएका उनी संसारका दुई प्रतिशत वैज्ञानिकभित्र पर्ने वैज्ञानिक हुन्।
थप चर्चा गर्दै मन्त्री पाण्डेले भने , उनले ४७० भन्दा धेरै अनुसन्धानमूलक लेखहरू लेखेका छन उनको स्वास्थ्य प्रविधिको क्षेत्रमा अनुसन्धान र उद्योगलाई जोड्ने विषयमा अतुलनीय योगदान रहेको छ। साथै, पूर्वी एसिया र दक्षिण एसियालाई जोड्ने पुलक रूपमा काम गर्नु हुने वैज्ञानिक विङडिङ नेपालमा हार्दिक स्वागत गर्दछु।
मन्त्री पाण्डे नेपाल र चीन बीच यस्ता आदानप्रदानको धेरै पुरानो इतिहास रहेको उल्लेख गर्दै बौद्ध भिक्षु तथा प्रसिद्ध तीर्थयात्री फाहियान चौथो शताब्दीमा यहाँ नेपाल आएको अभिलेखले रहेको र लुम्बिनीको इतिहास उत्खननमा अतुलनीय योगदान पुर्‍याएको उल्लेख गरे।
उनले सुदूरपश्चिम विश्वविद्यालयलाई नेपालको विकासको अनुसन्धानको केन्द्रको रूपमा विकसित गर्न चिनियाँ विश्वविद्यालय र सरकारलाई जोड्ने पुलको रूपमा पनि सहयोग गरिदिनु समेत अनुरोध गरे। उनले कोरियाली एवं चिनियाँ नागरिक लगायत अन्य सहभागीलाई नेपालको प्राकृतिक र संस्कृतिक रुपमा सम्पन्न देश भएकाले नेपाल घुम्न आउन समेत अनुरोध गरे।
अभिनन्द कार्यक्रममा बोल्दै पिन तिङले नेपालीहरु निकै आत्मीय रहेको भन्दै नेपाली विद्यार्थीहरुलाई आफू मातहतमा अध्ययन अनुसन्धानमा लगाउन नपाएको उल्लेख गर्दै उनिहरूलाई आफूसँग जोडिन आग्रह गरे। प्राध्यापक पिन तिङको मातहतमा ११४ जना विद्यार्थीले विद्यावारिधि गरिरहेको बताइएको छ।
फोटो सौजन्य: गोर्खापत्र

About Author

Advertisement