काखीको रौं देखाउँदा ५ करोडको कमाइ ?

Fenella-Fox

काखीको रौं देखाउनु कुन ठूलो कुरा र! हुन त यो कुनै ठूलो कुरा होइन साथै साथै कुनै प्रतिभा पनि होइनl सामिजक सञ्जालको आविस्कार भएपछि हिजोआज सुन्दै अनौठो लाग्ने कयौं कुरा सुनिन्छl काखीको रौँ देखाएर पाँच करोड रुपियाँ कमायो भन्दा के तपाई पत्याउनु हुन्छ? हो साँच्चै नै यस्तै भएको छl हालै २८ वर्षीया मोडलले सामाजिक सञ्जालमा आफ्नो रौं भएको काखीको तस्वीर सेयर गरेकी छिन्। यसमा के ठूलो कुरा छ भन्ने सबैले सोच्छन्। यी मोडलको रौं भएको काखी देखेर अचम्म नलाग्ला तर के थाहा छ यी महिलाले दुई वर्षमा यसरी काखीको रौं देखाएर ५ करोड कमाएकी छिन्।

२८ वर्षीया फेनेला फक्स वर्सेस्टर मिडल्याण्ड्सकी निवासी हुन्। फेनेलालाई उनको काखीमा रहेको रौं मनपर्छ र यही कारणले गर्दा फेनेलाले धेरै ख्याति कमाएकी छिन्। एडल्ट कन्टेन्ट प्लेटफर्ममा सामेल हुनुअघि फेनेला सन् २०१४ मा क्याम गर्ल बनेकी थिइन्। आफ्नो यौन जीवनको बारेमा खुलासा गर्दै फेनेलाले सन् २०१७ यता दुई पटक मात्रै यौनसम्पर्क गरेको र आफ्नो यौन जीवन निकै खराब रहेको बताइन्। काखी देखाउँदा फेनेलाको डेटिङ लाइफमा नराम्रो प्रभाव पर्यो। यति हुँदाहुँदै पनि उनी आफ्नो काखीको रौँ खौरन चाहँदैनन्। फेनेलाले भनिन्, ‘सामाजिक सञ्जालमा मानिसहरूले मलाई घृणित, फोहोर र अल्छी भन्छन्। यसबाहेक मलाई ज्यान मार्ने धम्की पनि आएको छ। त्यसै क्रममा केही व्यक्तिले म सधैं सिंगल रहनेछु र कहिल्यै पुरुष पाउन सक्दिनँ कनि भने।फेनेलाले भनिन्, ‘मलाई मेरो रौं भएको काखी मनपर्छ र म उनीहरुका कारण धेरै सेक्सी महसुस गर्छु। फेनेलाले भनिन्, ‘म आफ्नो काखको कपाल देखाउन पाउँदा गर्व गर्छु। विशेष गरी जब मलाई लाग्छ कि म साना दिमागका मानिसहरू माज घेरिएको छु।यसका लागि आमाबाबुले पनि धेरै सहयोग गरेको फेनेलाले बताइन्। यसका साथै फेनेलाले यो भनिन्, ‘म आफ्नो शरीरप्रति धेरै विश्वस्त छु।फेनेलाले भनिन्, ‘मलाई नग्न रहन मनपर्छ र म यस्ता धेरै कार्यक्रम र नग्न फोटोसुट गर्न चाहन्छु।

About Author

Advertisement