कहिलेकाहीं आफ्ना कुरा भित्तालाई पनि सुनाउनुपर्ने हुन्छ: शेरबहादुर देउवा

Sher-Bahadur-Deuba

काठमाडौं: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्ना कुरा कहिलेकाही भित्तालाई पनि सुनाउनुपर्ने भन्दै व्यङ्ग्य गरेका छन्। नेपाली कांग्रेस काठमाडौंको जिल्ला सम्मेलन उदघाटन गर्दै उनले बोल्दाबोल्दै हल खाली हुने गरेकाले पूरा भनाई भित्तालाई पनि सुनाउनुपर्ने भन्दै व्यङ्ग्य गरेका हुन्। सभापति देउवाले भने,‘अहिले कस्तो अवस्था भइसक्यो भने मान्छे बोल्दाबोल्दा हल खाली भइसकेको हुन्छ। कुरा पूरा सुनाउनैपर्यो, पूरा कुरा कहिलेकाहीं भित्तालाई पनि सुनाउनुपर्ने हुन्छ। केही छैन्l’ संघीय राजधानी रहेको काठमाडौंको सम्मेलन सबैका लागि महत्वपूर्ण भएको भन्दै यसले देशैभरी राम्रो प्रभाव पार्नुपर्ने बताए। उनले भने, ‘काठमाडौं जिल्ला मात्रै नभएर देशको राजधानी पनि हो। त्यसैले यो सम्मेलन भनेको महत्वपूर्ण सम्मेलन हो। त्यसकारण राजधानीको सम्मेलनले राष्ट्रिय, अन्तर्राष्ट्रिय रुपमा महत्व राख्छ। भोलिका दिनमा राम्रा प्रस्तावहरु पास गर्नुहुनेछ, राम्रो काम गर्नुहुनेछ। सम्मेलनले राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा राम्रो प्रभाव पार्ने किसिमको काम गर्नुहुन्छ भन्ने मलाई लाग्छ।’

About Author

Advertisement