कवि रोशन राई चोटलाई सम्बर्द्धना

IMG-20220906-WA0213.jpg

सोनादा: यस वर्ष नेपाली भाषामा युवा साहित्य अकादमी पुरस्कारको लागि छनौट भइसकेका कवि रोशन राई चोटलाई सन्त जेभियर्स उच्चतर माध्यमिक विद्यालयद्वारा सम्बर्द्धना जनाइयो। विद्यालयको रङ्गशालामा आयोजित शिक्षक दिवस समारोहबीच विद्यालयका हालै नवनियुक्त शिक्षक प्रभारी अनिल शर्मा अनि पूर्व शिक्षक प्रभारी बेस राईको बाहुलीद्वारा उनलाई सम्बर्द्धना जनायो। शिक्षक राजु थापाद्वारा सञ्चालित कार्यक्रममा शिक्षिका सुधा राईले रोशन राईको जीवनी बताए भने शिक्षिका प्रनिता मुखियाले सम्मा पत्र पठन गरे। विद्यालयका सम्पूर्ण शिक्षण-अशिक्षण कर्मचारीहरु उपस्थित रहेको कार्यक्रममा विद्यार्थीहरुद्वारा सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो। युवा कवि रोशन राई चोट विद्यालयका भूतपूर्व छात्र हुन्। सोही कारण विद्यालयले छोटो समयमै गरेको प्रगति र उपलब्धिका लागि गर्व गर्दै सम्मान जनाएको हो। विद्यालयको माया र सम्मानका लागि कवि रोशन राई चोटले कृतज्ञता प्रकट गरेका छन्। उल्लेख्य, कवि रोशन राई चोटले देशको अनुहार (काव्य कृति) का लागि यस वर्षको युवा साहित्य अकादमी पुरस्कार पाउन लागेका हुन्। उनी विगत २०१७ यता नेपाली विषयका सह शिक्षकको रुपमा दार्जीलिङका एक प्रतिष्ठित सन्त रोबर्ट विद्यालयमा सेवारत् छन्। उनको २०१७ मा आफ्नै पीडाहरु (गजल) अनि २०२१ मा देशका अनुहारहरु (कविता) जस्ता दुईवटा कृति प्रकाशित भइसकेको छ। सोही देशको अनुहारलाई कवि रसिक छेत्रीले अंग्रेजी अनुवाद समेत गरिसकेको छ। यसबाहेक कवि चोटले हालसम्म अरुणिमा, नौलो आशा नौलो अभिलाषा, हिमाल र साहित्य तृष्णा जस्ता पत्रिकाको सम्पादन पनि गरिसकेका छन्।

About Author

Advertisement