मिरिक: अगमसिंह गिरी साहित्य प्रतिष्ठान सौरेनी मिरिकको आयोजनामा आज सौरेनी सार्वजनिक भवनमा नेपालका चर्चित कवि असीम सागरको ‘एकल कविता वाचन ‘कार्यक्रमको आयोजना गरियो।कार्यक्रममा असीम सागरले आफ्ना कविताहरु लगभग एक घन्टा सुनाएका थिए। असीम सागरले साहित्यको कुनै सीमाना नभएको बताउँदै भारत-नेपालको साहित्यिक सेतु अझ फराकिलो बन्नुपर्ने बताए।











