कवि अमर बानियाँ लोहोरोद्वारा अनुदित ‘हँसिली लीला’ लोकार्पित

WhatsApp-Image-2024-10-08-at-20.50.35

गान्तोक: साहित्यकार अमर बानियाँ लोहोरोद्वारा अनुदित पुस्तक हँसिली लीलाको आइतबार लोकार्पण गरियो। स्वास्थ्य एवं परिवार कल्याण मन्त्री जीटी ढुङ्गेलको मुख्य आतिथ्य एवं साहित्यकार के एन शर्माको अध्यक्षतामा आयोजित समारोहमा विभिन्न क्षेत्रमा योगदान पुऱ्याउने व्यक्तित्त्वहरूलाई सम्मान जनाइयो। समारोहलाई सम्बोधन गर्दै मन्त्री ढुङ्गेलले विसङ्गतिहरूबाट समाजलाई बचाउन साहित्यकारहरूले आफ्नो कलमद्वारा अहम् भूमिका निर्वाह गर्नुपर्ने मन्तव्य गरे। साहित्यकारहरू समाजमा सकारात्मक चेतना दिने माध्यम हुन् भन्दै उनले समसामयिक घटनाक्रमहरूमाथि सचेतनामूलक साहित्य लेखिनुपर्ने मन्तव्य गरे। सभाध्यक्ष केएन शर्माले साहित्य लेखन सम्बन्धमा आफ्ना विचार राखे। पुस्तकका सर्जक अमर बानियाँ लोहोरोले अनुदित पुस्तकमाथि भएको समीक्षात्मक टिप्पणीको निम्ति आभार व्यक्त गर्दै कुनै पनि सिर्जनामाथि आलोचना हुन आवश्यक रहेको बताए। समारोहमा नरबहादुर भण्डारी महाविद्यालयका सहायक प्राध्यापक डा टेकबहादुर छेत्रीले पुस्तकमाथि आफ्नो विचार राखेका थिए भने अभिनन्दित व्यक्तित्त्व प्रोफेसर डा पुष्प शर्मा र सीपी गिरीले पनि वक्तव्य राखे भने पूजन लोहागणद्वारा गीत प्रस्तुत गरिएको थियो।

About Author

Advertisement