कविता वाचन प्रतियोगिता सम्पन्न

IMG-20230108-WA0239.jpg

सिलगढी: कालीपद घोष तराई विश्वविद्यालय, सिलगढीमा कविता वाचन प्रतियोगिता आयोजना गरिएको छ। यो कार्यक्रम नेताजी सुभाष चन्द्र बोसको जन्मदिन कार्यक्रम अन्तर्गत आयोजना गरिएको थियो। यो प्रतियोगितामा दार्जिलिङ जिल्लाबाट छनोट भएका ३० जना विद्यार्थीले भाग लिएको उल्लेख छ।

यस प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने विजेताले राज्यस्तरीय प्रतियोगितामा सहभागी हुने अवसर पाउनेछन्। कार्यक्रममा विवेकानन्द होरे र शिव हाजरा लगायतका विशिष्ट व्यक्तिहरू निर्णायकको रूपमा उपस्थित थिए।

About Author

Advertisement