सोनादा: रंगबुल क्षेत्रदेखि केही मुनि कलेज भेल्ली चियाबारी निवासी पुस्कर गुरुङले लखनऊमा सम्पन्न मेन्स फिजिक्स बडी बिल्डिङको तेस्रो मिस्टर ईण्डियामा सिल्भर मेडल जित्न सफल बनेका छन्। नर्थ ईण्डिया बडी बिल्डिङ फेडेरेशनको अण्डरमा लखनऊमा सम्पन्न मेन्स फिजिक्स बडी बिल्डिङ ओपेन १७२ सेन्टीमिटर माथिको क्याटोगरी अन्तर्गत तेस्रो मिस्टर ईण्डियामा प्रतियोगितामा कलेज भेल्ली निवासी पिता रतनकुमार गुरुङ र माता कुमारी गुरुङकी सुपुत्र पुस्कर गुरुङले सिल्भर मेडल जितेर सम्पूर्ण गाउँ, पहाड र गोर्खा जातिलाई नै गौरवान्वित बनाएका छन्। उनको यो सफलतामा दार्जिलिङका सांसद राजु विष्टले पनि बधाई दिएका छन्। पुस्कर गुरुङले योभन्दा अघि पनि २०१९ मा मिस्टर दार्जिलिङ, २०२२ र २०२४ मा मिस्टर हिमालय, २०२२ मा आईएफएस क्लासिक गुवाहाटी च्याम्पियन, डब्ल्युएफएफ वर्ल्ड फिटनेस फेडेरेशन प्रो कार्ड होल्डर, २०२० मा मिस्टर अल्टिमेट सिक्किम, २०२३ मा मिस्टर जीटीए दार्जिलिङ (मेन्स फिजिक्स च्याम्पियन अफ् च्याम्पियन), २०२४ मा मिस्टर
जीटीए दार्जिलिङ (मेन्स फिजिक्स च्याम्पियन अफ् च्याम्पियन), २०२४ मा मिस्टर जीटीए दार्जिलिङ (बडी बिल्डिङ च्याम्पियन), २०२४ मा नर्थ ईष्ट ईण्डिया अण्डर आईबीपीएफ, २०२५ मा मिस्टर युनिभर्स, २०२५ मा मिस्टर ओलम्पिया (दिल्ली), २०२६ मा मिस्टर शेरु क्लासिक (दिल्ली) र २०२६ मा मिस्टर सिक्किम पनि भईसकेका छन्। उनले आफ्नो शिक्षा खरसाङको भिक्टोरिया बोइस स्कूल, स्नातक नर्थ पोइन्ट कलेजबाट पूरा गरेका थिए। पुस्कर गुरुङ पम्प एण्ड प्राउड जिम सोनादाक मालिक र कर्ल्स एण्ड क्युन्चेस जिम दार्जिलिङका प्रमाणित जिम ट्रेनर, एक्सरसाइज एक्सपर्ट र प्रमाणित बडी बिल्डिङ कोचको रुपमा पनि कार्यरत् रहेका छन्।





