योक्सममा दुई दिवसीय सिक्किम आर्ट एण्ट लिटरेचर फेस्टिवल आयोजना गरिने

IMG-20230503-WA0314.jpg

गान्तोक: सिक्किम सरकारको पहलमा आगामी ६-८ मईसम्म दुई दिवसीय सिक्किम आर्टस एण्ड लिटरेचर फेस्टिवल आयोजना गरिने भएको छ। यस प्रकारको कार्यक्रम आयोजना गरेर विद्यार्थीहरूलाई अवसर प्रदान गरेकोमा सुसाका अध्यक्ष योगेश शर्माले जानकारी गराए। आज देउरालीस्थित एक होटलमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सुसाका अध्यक्ष योगेश शर्माले योक्समको कञ्चनजङघा नेशनल पार्कमा आयोजना हुने यस दुई दिवसीय सम्मेलनमा जलवायु परिवर्तन, साहित्य, जैवविधिता लगायत अन्य विषयमा राज्य बाहिरबाट आएका वक्ताहरूले यी विषयमाथि प्रकाश पार्ने उनले थप बताए। यसै क्रममा तादोङ कलेजका एसआरसीका अध्यक्ष विश्व हाङ लिम्बुले दुई दिवसीय कार्यक्रमा विभिन्न विषयमाथि आफ्नो विचार व्यक्त गर्नको निम्ति शोभा दे, सोम्बी सार्प, विपुल छेत्री, करुणा अजरा पारिख, प्रशान्त प्रधान र होनु हौजेलको उपस्थिति रहने बताए। विद्यार्थीहरूलाई राज्य सरकारले यस प्रकारको अवसरमा प्रदान गरेकोमा सम्पूर्ण विद्यार्थीवर्गको पक्षबाट राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङ प्रति आभार व्यक्त गरेको छन्। आजको यस पत्रकार सम्मेलनमा एसकेएम विद्यार्थी मोर्चाका मुख्य संयोजक एवम भवन तथा आवास विभागका अध्यक्ष कर्मा टाशी भोटियाको पनि उपस्थिति रहेको थियो। यस अवसरमा तादोङ नरबहादुर भण्डारी डिग्री कलेज, बुर्तुक कलेज र सिक्किम विश्वविद्यालयका विद्यार्थीहरूले सहभागिता जनाएका थिए।

About Author

Advertisement