कम्पाउण्ड धनु-काँड़मा गोल्डन ह्याट्रिक, पुरुष टोलीको यादगार सफलता

IMG-20260930-WA0056

नयाँ दिल्ली: भारतीय धनुर्धरहरूले एशियाई खेलहरूमा बुधवार बिहान एकपछि अर्को सफलता हासिल गरे। भारतले कम्पाउण्ड धनुकाँड़ (आर्चरी)-को तीनैवटा स्पर्धामा स्वर्ण पदक जित्यो। पुरुषहरूका कम्पाउण्ड टोली स्पर्धाको फाइनलमा भारतले चीनलाई २३८-२३७-ले पराजित गरी स्वर्ण पदक जित्यो। यो भारतको धनुकाँड़मा दिनको तेस्रो स्वर्ण पदक हो। यसअघि महिला टोली र मिश्रित टोलीले पनि स्वर्ण पदक जितेको थियो। भारतीय पुरुष कम्पाउण्ड टोलीका तीनैजना खेलाड़ी युवा छन्। कुशल दलाल (२१), साहिल राजेश (२५) र मणि रत्नम गणेश शिरुमरु (२० वर्षीय)-को भारतीय टोलीले दबाउको क्षणहरूमा धैर्य कायम राख्दै देशलाई स्वर्ण पदक दिलायो। भारतीय टोलीले चीनविरुद्ध फाइनलमा लड़ाकू प्रदर्शन गऱ्यो। तीन राउण्ड अर्थात १८ शट्पछि भारत १ अंकले पछि रहेको थियो। त्यस समय चीनको स्कोर १७९ अनि भारतको १७८ थियो। त्यसपछि अन्तिम राउण्डमा भारतीय टोलीले समीकरण बदलियो। अन्तिम ६ शट्मा चीनका एकजना धनुर्धरले ८ अंकमा निशाना लगाए। यसको भारतलाई फाइदा प्राप्त भयो अनि भारतीय टोली १ अंकको बढ़तमा पुग्यो। अन्तमा भारतले २३८ अंक बटुल्यो जबकि चीन २३७ अंकमा रोकियो। यसरी भारतले धनुकाँड़मा आज दिनको तेस्रो स्वर्ण पदक हासिल गऱ्यो। आज सबैभन्दा पहिला चिकिथा तानिपर्थी, पृथिका प्रदीप र ज्योति सुरेखा वेन्नमकी महिला कम्पाउण्ड टोलीले फाइनलमा चीनलाई पराजित गरेर स्वर्ण पदक जितेको थियो। त्यसपछि चिकिथा र साहिल जाधवको मिश्रित टोलीले दक्षिण कोरियालाई पराजित गरी भारतलाई दोस्रो स्वर्ण पदक दिलाएको थियो। अन्तमा भारतीय पुरुष टोलीले चीनलाई पराजित गरी भारतको निम्ति गोल्डन ह्याट्रिक पूरा गऱ्यो। बुधवार भारतले धनु-काँड़मा गोल्डन ह्याट्रिक पूरा गर्न केवल ५ घण्टा समय लियो।

About Author

Advertisement