कन्याश्री दिवसमा र्‍याली निकालियो

IMG-20240814-WA0230-1

कोचबिहार: आज १४ अगस्तमा कन्याश्री दिवस हो। कन्याश्री दिवसको अवसरमा कोचबिहारका विभिन्न विद्यालयका विद्यार्थीहरूसहित कोचबिहारमा र्‍याली निकालिएको थियो। यो र्‍याली कोचबिहार शहरको सागरदिघी छतरको लान्स डाउन हलबाट शुरु भएर कोचबिहारको रवीन्द्र भवनसम्म जानेछ। कन्याश्री दिवसको अवसरमा रवीन्द्र भवनमा विभिन्न कार्यक्रम गरिने भएको छ। कन्याश्री र रुपश्री कोचबिहार जिल्ला शाखाका टीपीएमले आज कन्याश्री दिवसको अवसरमा र्‍याली निकालेको बताए। कोचबिहारको रवीन्द्र भवनमा आयोजित यस अवसरमा विभिन्न कार्यक्रमहरू आयोजना गरिनेछ। कन्याश्री योजनालाई सबै जनतालाई उपलब्ध गराउनका लागि राम्रोसँग सुसज्जित टेबल पनि निकालिएको छ।

About Author

Advertisement