दार्जीलिङ: कञ्चन भ्यु उर्फ रंगीट चिया बगानमा हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघ गठन गरिएको छ। कञ्चन भ्यु उर्फ रंगीट चिया बगानको सार्वजनिक भवनमा हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको सभा सम्पन्न भयो। आयोजित सभामा फुफछेरिङ पान्दाम समष्टिको सभासद जितेन राई विशेष रूपमा उपस्थित रहेका थिए। सभामा चिया श्रमिकहरूले भोग्दै आएको समस्याहरूमाथि गहन चर्चा परिचर्चा गरिएपछि रंगीट चिया बगानमा हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको शाखा गठन गर्ने निणर्य लिइयो जसमा सर्वसहमतिद्वारा अनुरूप शोभा गुरूङलाई अध्यक्षा चयन गरियो। त्यसरी नै उपाध्यक्ष याङ्जी तामाङ, सचिव रेजिना तामाङ, सह सचिव यमुना तामाङलाई चयन गरियो। त्यसरी नै कोषाध्यक्ष पूर्ण सुनवार र बानुका तामाङलाई चयन गरियो।त्यसै गरी २१ जनाको कार्यकारीणी कमिटि गठन गरिएको छ। स्मरण रहोस् हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघले अहिले पहाडको प्रत्येक चिया बगानहरूमा शाखा गठन गर्ने कार्य तीव्र गति चलाउँदै आईरहेको छ।









