सिलगढी: कछुवाको खोला र पेस्तोलसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेको नाम कृष्ण क्षेत्री रहेको छ। गोप्य स्रोतबाट प्राप्त सूचनाका आधारमा सोमबार राति वन विभागको बैकन्तपुर वन डिभिजनको डबग्राम रेन्जका वनकर्मीले सिलगढीको नेपाली बस्तीमा छापा मारेर व्यक्तिलाई पक्राउ गरेका हुन्। वन विभागले आरोपीलाई आज जलपाईगुडी अदालतमा लैजानेछ र सम्पूर्ण मामिलाको अनुसन्धान गर्नेछ।











