कंग्रेस पार्टी कालेबुङको महासचिव राजीव रिजाल हाम्रो पार्टीमा सामेल

IMG-20241031-WA0418

कालेबुङ: कंग्रेस पार्टी कालेबुङको महासचिव राजीव रिजाल हाम्रो पार्टीमा सामेल भएका छन्। आज हाम्रो पार्टीमा समर्थनको क्रममा कंग्रेस कालेबुङ एकका महासचिव राजीव रिजालले पनि हाम्रो पार्टी अध्यक्ष अजय एडवर्डसको बाहुलीबाट पार्टीको‌ झण्डा ग्रहण गर्दै हाम्रो पार्टीमा सामेल भएका छन्। रिजाल पेशाले इञ्जिनियर हुन् र आफ्नो जातिको निम्ति धेरै अघिदेखि कार्य गर्दै आइरहेका छन्।

आफ्नो क्षेत्रको निम्ति क्षेत्रीय राजनैतिक दलबाट नै लगनशील भएर कार्य गर्न सकिने रहेछ र अहिले हाम्रो पार्टी मात्र यस्तो क्षेत्रिय राजनैतिक दल हो जसले हाम्रो क्षेत्र र जातिको निम्ति इमान्दारीपूर्वक कार्य गरिरहेका छन् भनी रिजालले मन्तव्य राखेका छन्।

About Author

Advertisement