कंगना रनौतको फिल्म ‘इमर्जेन्सी’बारे अदालतद्वारा नोटिस जारी

00-1-Kangana-Ranaut-1-2

चण्डीगढ: चण्डीगढको एक अदालतले अभिनेत्री कंगना रनौत र अन्यलाई फिल्म ‘इमर्जेन्सी’मा सिख समुदायलाई नकारात्मक रूपमा चित्रण गरेकोमा नोटिस जारी गरेको छ। ‘लियर्स फर ह्युम्यानिटी’ गैरसरकारी संस्थाका अध्यक्ष समेत रहेका अधिवक्ता रविन्द्र सिंह बस्सीको निवेदनमा सुनुवाइका क्रममा उक्त निर्णय भएको हो। अदालतले प्रतिवादीलाई ५ दिसम्बरभित्र जवाफ पेश गर्न निर्देशन दिएको छ। बस्सीले याचिकामा अकाल तख्तका पूर्व जथेदारलाई फिल्ममा ‘आतंकवादी’ देखाएर सिख धर्मावलम्बीको छविमा आँच पुर्याउने प्रयास गरेको आरोप लगाएका छन्। फिल्मको ट्रेलरमा जथेदारहरुले छुट्टै राज्यको माग गरिरहेको देखाइएको छ, जुन सरासर गलत रहेको उनको भनाइ छ। यस प्रकारको चित्रणले सिख समुदाय र उनीहरूका नेताहरूको भावनामा चोट पुर्‍याएको पनि उनको भनाइ छ। बस्सीले फिल्म टिमले अल्पसंख्यक विरुद्ध भड्काउ भड्काउने भाषण दिएर समुदाय बिचमा दरार पैदा गरेको आरोप लगाए। उनले कंगना र अन्य अभियुक्तहरू विरुद्ध भारतीय नागरिक रक्षा संहिताको विभिन्न धाराहरू अन्तर्गत एफआईआर दर्ता गर्न खोजेको बताएका छन्।

About Author

Advertisement