ओकाइटीमा किचन टोइलेट-को शिलान्यास

SIL.jpg

मिरिक: आज किचन टोइलेटको शिलान्यास मिरिक महकुमाको २३ नम्बर समष्टि अन्तर्गत ओकाइटी बीच गाउँमा गरियो। दार्जीलिङ जिल्ला टीएमसी युथका उपाध्यक्ष विकास सुब्बाले जानकारी गराए अनुसार क्षेत्रीय सभासद धुर्व बोम्जनको विशेष पहलमा अनि जीटीए अध्यक्ष अनित थापाको सहयोगमा उक्त किचन टोइलेट को शिलान्यास गरिएको हो। तिनले यस क्षेत्रमा विभिन्न विकासमूलक कार्यहरू भइरहेको जानकारी दिँदै सभासद धुर्व बोम्जन अनि जीटीए अध्यक्ष अनित थापाप्रति जनताको तर्फबाट आभार प्रकट गरेका छन्।

About Author

Advertisement