ऐतिहासिक जीत हासिल गरी इजिप्ट अन्तिम १६-मा पुग्न सफल

IMG-20260704-WA0046

डलास: फिफा वर्ल्ड कप २०२६-मा इजिप्टले ऐतिहासिक जीत हासिल गरी अन्तिम १६ चरणमा प्रवेश गऱ्यो। शुक्रवार राति खेलिएको म्याचमा इजिप्टले अष्ट्रेलियालाई पेनल्टी शूटआउटमा ४-२-ले पराजित गऱ्यो। निर्धारित ९० मिनट र अतिरिक्त समयको खेलमा स्कोर १-१-को बराबरीमा रहेको थियो। यो इजिप्टको फिफा वर्ल्ड कपको इतिहासमा नक्आउट चरणमा पहिलो जीत हो। म्याचमा दुई टीमबीच रोमाञ्चक प्रतिस्पर्धा भयो अनि अन्तमा पेनल्टी शूटआउटद्वारा फसेला भयो। पेनल्टी शूटआउटमा इजिप्टको तर्फबाट पहिलो चारैवटा शट्मा गोली नेटमा पस्यो। यसको विपरीत अष्ट्रेलियाको तर्फबाट ह्यारी साउटर र लुकास हेरिंगटनको प्रयास विफल भयो। डलास स्टेडियममा खेलिएको म्याचमा दुई टीमबीच शुरुदेखि नै असल प्रतिस्पर्धा भयो। अष्ट्रेलियाका क्रिस्टियन वोल्पाटोले लामो दूरीबाट हिर्काएको शट् क्रसबारमा लाग्यो। म्याचमा ५८ प्रतिशत पोजेशनको साथ खेल्ने इजिप्ट गोल गर्ने मामिलामा अघि रह्यो। एमाम अशौरले १३औं मिनटमा हेडरद्वारा गोल गरी इजिप्टलाई बढ़त दिलाए। मध्यान्तरअघि इजिप्टका स्टार फरवर्ड मोहामेद सालाहले गोल गर्ने सुनौलो मौका गुमाए। दोस्रो हाफको खेलमा चाहिँ अष्ट्रेलियाले बराबरी हासिल गऱ्यो। एडेन ओ’नीलको फ्री-किकमा इजिप्टका डिफेण्डर मोहामेद हानीले बललाई क्लीयर गर्ने प्रयासमा आत्मघाती गोल गर्दा स्कोर १-१-को बराबरीमा पुग्यो। अष्ट्रेलियाले गोल हासिल गरेपछि म्याच फेरि रोमाञ्चक बन्यो। निर्धारित ९० मिनटको खेलमा दुवै टीमले थप गोल गर्न नसक्दा अतिरिक्त समयको खेल शुरु भयो, जसमा इजिप्टले गोल गर्ने सुनौलो मौका पाएको थियो तर अष्ट्रेलियाका गोलकीपर पेट्रिक बीचले रामी राबियाको शक्तिशाली हेडरमा असाधारण शेभ गरे। त्यसपछि मोहामेद सालाह र हेसम हसनले पनि मौका पाएका थिए तर ह्यारी साउटरले असाधारण ब्लक गरेर अष्ट्रेलियालाई बचाए। यसरी अतिरिक्त समयमा पनि फसेला नहुँदा म्याच पेनल्टी शूटआउटसम्म पुग्यो। पेनल्टी शूटआउटमा इजिप्टको तर्फबाट माहमौद साबेर, रामी राबिया, मोहामेद सालाह र हौस्साम अब्देलमागुइडले पहिलो ४ वटा प्रयासमा गोलीलाई नेटमा हाले। यसको विपरीत अष्ट्रेलियाको तर्फबाट जेक्सन इर्विन र अवेर माबिलले मात्र गोलीलाई नेटमा हाल्न सके। यसरी इजिप्टले इतिहासमा पहिलोपल्ट नक्आउट राउण्डमा जीतको साथ प्री-क्वार्टर फाइनलमा प्रवेश गऱ्यो, जहाँ टीमको सामना अर्जेण्टिनासँग हुनेछ।

About Author

Advertisement