एससीबीएको अध्यक्षमा प्रदीप राय निर्वाचित

FB_IMG_1787131989955

​नयाँ दिल्ली: वरिष्ठ अधिवक्ता प्रदीप राय भारतको सुप्रिम कोर्ट बार एसोसिएसन (एससीबीए) को नयाँ अध्यक्ष पदमा निर्वाचित भएका छन्।
​प्रतिस्पर्धी वरिष्ठ अधिवक्ता अनुपम लाल दासलाई ३७१ मतान्तरले पराजित गर्दै राय एक वर्षका लागि अध्यक्ष चुनिएका हुन्। कुल २,७९४ मत खसेको निर्वाचनमा रायले ८२२ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी दासले ४५१ मत मात्र ल्याउन सके।
​यसैगरी, बार एसोसिएसनको उपाध्यक्ष पदमा वरिष्ठ अधिवक्ता राहुल कौशिक, सचिवमा प्रज्ञा बघेल र सह-सचिवमा मुनीश दुबे विजयी भएका छन्।
​निर्वाचनका प्रमुख विवरणहरू:
​उपाध्यक्ष: वरिष्ठ अधिवक्ता राहुल कौशिक
​सचिव: अधिवक्ता प्रज्ञा बघेल
​सह-सचिव: अधिवक्ता मुनीश दुबे
​कुल मतदान: करिब २,७९४ सदस्य (८२ प्रतिशत मतदान)
​अध्यक्ष पदका अन्य प्रत्याशीहरू मध्ये वरिष्ठ अधिवक्ता आदिश अग्रवालले ४१२, गौरव भाटियाले ३७०, सुकुमार पट्टजोशीले २६९, सिद्धार्थ मृदुलले २१७ र महालक्ष्मी पवानीले १२८ मत प्राप्त गरे।
​सन् २०२५ को निर्वाचनमा पराजित भएका प्रदीप रायको यो दोस्रो प्रयासमा हासिल भएको सफलता हो। यसअघि सन् २०२५–२६ को कार्यकालका लागि विकास सिंह एससीबीए अध्यक्ष रहेका थिए।
​चुनावअघि आयोजित बहसका क्रममा रायले सर्वोच्च अदालतमा लागू ‘सिक्वेन्सिङ सिस्टम’ अन्त्य गर्ने, एससीबीए सदस्यहरूका लागि रु. ५० लाखसम्मको स्वास्थ्य सुरक्षा कभर उपलब्ध गराउने र उनीहरूका बालबालिकाका लागि मेधावी छात्रवृत्ति सुरु गर्ने प्रतिबद्धता जनाएका थिए।

About Author

Advertisement