एसयुसीआईका समर्थकद्वारा जिल्ला अदालत अगाडि न्यायाधीशको गाडी रोक्न खोज्दा पक्राउ

IMG-20240816-WA0158

जलपाईगढी: बन्दलाई सफल बनाउन एसयुसीआई समर्थकहरूद्वारा निरन्तर पिकेटिंग भयो। यसैक्रममा आन्दोलित एसयूसीआई समर्थकले जिल्ला अदालत अगाडि न्यायाधीशका गाडी रोक्ने प्रयास गरेका थिए। तर पुलिसले एसयुसीआई समर्थकलाई पक्राउ गरेको छ। यसैबीच एसयुसीआई समर्थक र पुलिस बीच भीषण झडप भयो।

कोलकातामा प्रशिक्षणमा एक महिला डाक्टरमाथि भएको निर्ममताको विरोधमा एसयूसीआईले आज पूरै राज्यमा १२ घण्टाको बन्दको आह्वान गरेको थियो। तर, जलपाईगुडीमा बन्दको खासै प्रभाव देखिएको छैन। सामान्य दिन झैँ पसलहरु खुलेका छन् र मानिसहरु सडकमा हिँडिरहेका छन्।

About Author

Advertisement