एसकेएम सरकार आएपछि प्रेस तोड्ने होइन जोड्ने काम गरेको छ: मुख्यमन्त्री तामाङ

n6395029451731780908927a0a24cb9cbf3491e67e86f07153e0c4bb6f1adefb0fce6cefc9b99eef14381e6

गान्तोक: राजधानीको मनन केन्द्रमा आज राष्ट्रिय प्रेस दिवस पालन गरिएको समारोहलाई मुख्य अतिथिको रूपमा उपस्थित मुख्यमन्त्री प्रेमसिंह तामाङले राष्ट्रिय प्रेस दिवसको सम्पूर्ण पत्रकारहरूमा शुभकामना एवं बधाई व्यक्त गरे।
मुख्यमन्त्री तामाङले आफ्नो सम्बोधनमा प्रेस निष्पक्ष, निर्भिक र स्वतन्त्र रूपमा काम गर्न सक्नुपर्छ भन्दै सरकारको निरन्तर साथ र सहयोग रहने आश्वासन दिए। उनले २०१९ मा एसकेएम पार्टी सरकारमा आएपछि प्रेस-मीडियाको निम्ति धेरै कामहरू गरेको जानकारी गराए। उनले पूर्वको सरकारमा सिक्किममा पत्रकाहरूमाथि हमला हुने गर्थ्यो, प्रेसहरू तोड़िन्थ्यो तर एसकेएम सरकार आएपछि हामीले प्रेस तोड्ने होइन जोड्ने काम गरेका छौँ भनी बताए।उनले पत्रकारहरूको निम्ति आवश्यक पेन्सनको माग पूर्व सरकारको समयदेखि नै उठेको भए तापनि वर्तमान एसकेएम सरकारमा आएपछि मात्र पत्रकारहरूको उक्त माग पूरा भएको बताए। यसैगरी, पत्रकारहरूले समाजमा पुऱ्याएको सेवाको कदर गर्दै प्रेस क्लब अफ् सिक्किमका सदस्यहरूको निम्ति सरकारले सिक्किम मणिपाल अस्पतालमा चिकित्सा बीमाको पनि शुभारम्भ गरिएको उनले जानकारी गराए। आफ्नो सम्बोधनको क्रममा मुख्यमन्त्रीले वरिष्ठ पत्रकार खगेन्द्रमणि प्रधानले सिक्किमेली समाजलाई दिएको योगदानको कदर गर्दै उनका छोरालाई मुख्यमन्त्री शिक्षा सहायता योजना मार्फत स्नातकसम्मको पढ़ाई खर्च सरकारले बेहोर्ने घोषणा गरे।

About Author

Advertisement