गान्ताेक: सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीको १४औँ स्थापना दिवसको यस पवित्र तथा ऐतिहासिक अवसरमा मुख्यमन्त्री प्रेम सिंह तामाङले सम्पूर्ण सिक्किमवासीहरू, साथै सबै मित्रवर्ग, समर्थक र शुभेच्छुकहरूलाई हार्दिक शुभकामना तथा बधाई ज्ञापन गरे।
मुख्यमन्त्रीले यो एकताले भरिएको शुभ अवसरले सामूहिक आशालाई पुनः जागृत गर्ने र सरकारको संकल्पलाई अझ सुदृढ बनाउने साथै जनताको सेवामा अझ बढी समर्पण, इमानदारी र जिम्मेवारीका साथ अघि बढ्ने नयाँ बाटोहरू खोलिने व्यक्त गरे। उनले अझ भने, ‘यसले एसकेएम पार्टी र शासनको मूल आधार बनेका आदर्श र मूल्यहरूप्रति साझा प्रतिबद्धतालाई पुनः पुष्टि गर्दछ।
एसकेएम पार्टीको सरकार र पार्टी करुणामय, पारदर्शी तथा जनमुखी शासनका सिद्धान्तहरूप्रति दृढ रूपमा प्रतिबद्ध रहेको व्यक्त गर्दै मुख्यमन्त्रीले भने, ‘सरकारले अघि सारेका प्रत्येक नीति, कार्यक्रम र पहल एउटै स्पष्ट दृष्टिकोणबाट निर्देशित छन्- ‘सिक्किमका प्रत्येक नागरिकको कल्याण, गरिमा र समग्र विकास।’
मुख्यमन्त्रीले स्वास्थ्य र शिक्षा सिक्किम सरकारको प्रमुख प्राथमिकता रहँदै आएको छ, किनकि यी नै एक सशक्त, प्रबुद्ध र प्रगतिशील समाजका आधारशिला हुन् भनि जनाए भने एसकेएम पार्टीको सरकार स्वास्थ्य सेवाको सुदृढीकरण, बिरामीहरूलाई निरन्तर सहयोग, विद्यार्थी सशक्तीकरण, बेरोजगार युवालाई समर्थन, उद्यमशीलता र रोजगारी सिर्जनामा प्रोत्साहन, साथै गरिब, आवश्यकता परेका, असहाय र पिछडिएका वर्गलाई निरन्तर सहयोग प्रदान गर्न प्रतिबद्ध रहने बताए।
मुख्यमन्त्रीले पर्यटन विकासमा केन्द्रित एसकेएम पार्टीको सरकारको प्रयासले सिक्किमको निर्मल वातावरण, समृद्ध सांस्कृतिक धरोहर र गहिरो आध्यात्मिक विरासतको संरक्षण गर्दै दिगो जीविकोपार्जनका अवसरहरू सिर्जना गरेको छ भने।
उनले अघि भने, “वर्तमान सिक्किम सरकार आफ्ना प्रतिबद्धतामा अडिग छौँ र समावेशी, कल्याणमुखी तथा परोपकारी पहलहरूप्रति हाम्रो प्रतिबद्धतालाई दृढतापूर्वक पुनः पुष्टि गर्दछौँ, जसले समाजका सबै वर्गका मानिसहरूको जीवनमा सकारात्मक परिवर्तन र उत्थान ल्याउँछ। विनम्रता र कृतज्ञताका साथ सरकार आतिथ्य, सद्भाव र पारस्परिक सम्मान जस्ता प्राचीन मूल्यहरूलाई आत्मसात गर्दै संस्कृति, परम्परा, आध्यात्मिक विविधता तथा सामाजिक एकता र समझदारीको संरक्षणमा प्रतिबद्ध छौँ।
उनले वर्तमान सिक्किम सरकारको सामूहिक लक्ष्य ‘सुनौलो, समृद्ध र समर्थ सिक्किम’ निर्माण गर्नु हो र आत्मनिर्भर, करुणामय, दिगो, अग्रगामी र सक्षम सिक्किम हो भने। यस यात्रामा एकता, आत्मविश्वास र दृढ विश्वासका साथ अघि बढ्न अपिल गरे।
मुख्यमन्त्रीले भने, “सबैभन्दा ठूलो शक्ति हाम्रो एकता हो। ‘टिम सिक्किम’ का गर्वित सदस्यका रूपमा, हामी हातेमालो गर्दै नागरिकहरूको उत्थान गरौँ, सीमान्तकृत वर्गसँग दृढतापूर्वक उभिऔँ र आवश्यकता परेकालाई सहानुभूति, करुणा र ऐक्यबद्धताका साथ सहयोग गरौँ।
उनले यस अवसरमा, एसकेएम पार्टीका संस्थापक सदस्यहरूप्रति गहिरो सम्मान र कृतज्ञता व्यक्त गरे जसको दूरदृष्टि, समर्पण र बलिदानले आजको एसकेएम पार्टीको आधार तयार पारेको छ।
एसकेएमका कार्यकर्ता, स्वयंसेवक र पार्टी सदस्यहरूको अथक परिश्रम अमूल्य छ; उनीहरू नै पार्टीका वास्तविक स्तम्भ र प्रेरक शक्ति हुन्। उनीहरूको निःस्वार्थ सेवाले हामीलाई प्रतिदिन प्रेरणा र बल प्रदान गरिरहेको छ भनि मुख्यमन्त्रीले आशा व्यक्त गरे।
मुख्यमन्त्रीले एसकेएम पार्टीका आदर्श र दृष्टिकोणमा विश्वास राख्दै हालै पार्टीमा सामेल भएका सबै आदरणीय नयाँ सदस्यहरूलाई हार्दिक स्वागत जनाए साथै उनिहरूको निर्णयले सामूहिक अभियानमा नयाँ ऊर्जा, शक्ति र उद्देश्य थपिएको छ भने। मुख्यमन्त्रीले उनिहरूलाई एसकेएम परिवारको सदस्य बनाउन पाउँदा गौरवान्वित भएको र सिक्किमको उज्ज्वल भविष्य निर्माणमा उनिहरूको सक्रिय सहभागिताको अपेक्षा गरे।
यसैगरी मुख्यमन्त्रीले सबै शुभेच्छुकहरू, आदरणीय पदाधिकारीहरू, पार्टीका कार्यकर्ताहरू, समिति सदस्यहरू, विभिन्न संघ–संस्थाहरू तथा पार्टी र जनताको हितका लागि व्यक्तिगत र व्यावसायिक प्रतिबद्धता त्यागेर योगदान पुर्याउने प्रत्येक व्यक्तिप्रति हार्दिक धन्यवाद व्यक्त गरे। नयाँ सदस्यहरूलाई खुलेर स्वागत गर्न र सद्भाव देखाउन मुख्यमन्त्रीले हालै एसकेएम पार्टीमा सामेल हुनेहरू सबैसँग अपेक्षा राखे। साथै प्रभावकारी शासनको मेरुदण्ड बनेका सबै सरकारी अधिकारी तथा कर्मचारीहरूप्रति पनि हार्दिक आभार व्यक्त गरे। उनीहरूको समर्पण, पेशागत निष्ठा र निःस्वार्थ सेवाले गरिब तथा सीमान्तकृत वर्गको सहयोग र राज्यको समग्र विकासमा महत्वपूर्ण भूमिका खेलेको छ भने।
सिक्किमको चौतर्फी उन्नतिको निम्ति मुख्यमन्त्रीले घृणा र वैमनस्यताबाट मुक्त, शान्ति र सद्भावले भरिएको, करुणा र आत्मीयता फस्टाएको, न्याय सबैभन्दा गरिबसम्म पुगेको र जहाँ सबैले सुख, गरिमा र समृद्धि अनुभव गर्न पाउने सिक्किम निर्माण गरौँ भनि सबै समक्ष अपिल गरे।
यसैगरी मुख्यमन्त्रीले इमानदारी, साहस र करुणाका साथ सेवा गर्ने सरकारको संकल्पलाई पुनः नवीकरण गर्न कुनै चुनौतीले विचलित नपारोस् र कुनै कठिनाइले दृढता कमजोर नबनाओस् भन्ने उद्देश्यले एकीकृत र विश्वासले सशक्त भएर, दृष्टिलाई कर्ममा र सपनालाई यथार्थमा बदल्दै अघि बढिरहने कुरा जनाए।
उनले एक एसकेएम परिवार र ‘टिम सिक्किम’ का रूपमा एकता नै सबैभन्दा ठूलो शक्ति रहनेछ र आगामी पुस्ताका लागि निःस्वार्थ सेवा, प्रगति र आशाको दिगो विरासत निर्माण गर्दै अझ उज्यालो, सशक्त र समावेशी भविष्यतर्फ अघि बढ्नेछौँ भने।
अन्तमा मुख्यमन्त्रीले यस १४औँ स्थापना दिवसमा, एसकेएम पार्टी जनसेवामा समर्पित रहँदै एकताका साथ निरन्तर उन्नति गरोस् र भगवानले सबैलाई उत्तम स्वास्थ्य, शान्ति र समृद्धि प्रदान गरून् भनि कामना गरे।









