नाम्ची: नाम्ची सिङ्गीथाङ समष्टिमा सम्पन्न भएको विधानसभा उपचुनाउमा सत्तारूढ़ एसकेएम पार्टीको उम्मेदवार सतिशचन्द्र राई निर्विरोध निर्वाचित भएका छन्। राईलाई आज जिल्ला चुनाउ अधिकारी अनुपा तामलिङको बाहुलीद्वारा चुनाउ प्रमाणपत्र प्रदान गरियो। यस अवसरमा जनरल अब्जर्बर मोनीश कुमार, वरिष्ठ पुलिस अधीक्षक डा. टीएन ग्याछो आदि उपस्थित थिए। जनरल अब्जर्बर कुमारले नवनिर्वाचित विधायक राईलाई बधाई दिॅंदै भविष्यका प्रयासहरूका लागि शुभकामना व्यक्त गरे।









