एसकेएम उम्मेदवार आदित्य गोले निर्विरोध निर्वाचित

n637257451173031487420014b3d1d8ff074d6d591c6688b6719c38cf344c9ffd5a30bdbad55e9de50fd2cb

सोरेङ: सत्तारूढ़ एसकेएम पार्टीका उम्मेदवार तथा पूर्व विधायक आदित्य गोले सोरेङ च्याखुङ निर्वाचन क्षेत्रमा सम्पन्न भएको उपचुनाउमा निर्विरोध निर्वाचित भएका छन्। जिल्ला चुनाउ अधिकारी धिरज सुबेदीले आज नवनिर्वाचित विधायक गोलेलाई प्रमाणपत्र प्रदान गरे।यस अवसरमा चुनाउ पर्यवेक्षक राजेन्द्र कुमार वर्मा उप चुनाउ अधिकारीद्वय सन्नी खरेल र डीआर विष्ट, पुलिस अधीक्षक नहकुल प्रधान र एसडीएम पीके सुब्बा उपस्थित थिए।उल्लेखनीय छ, सोरेङ च्याखुङ निर्वाचन क्षेत्रमा प्रस्तावित उपचुनाउको निम्ति एसकेएम पार्टी लगायत एसडीएफ र सीएपी सिक्किमले उम्मेदवारहरू चुनावी मैदानमा उतारेको थियो।

About Author

Advertisement