कालचिनी: एसएसबी ५३ वाहिनी फालाकाटा सिमलाबारी मुख्यालयको आयोजनामा तथा बुधबार लंकापाड़ा बीओपीको सहयोगितामा एसएसबीद्वारा गाउँलेहरुको निम्ति करिब ६०० वटा तिरंगा झण्डा वितरण गरिएको एसएसबी ५३ वाहिनी फालाकाटा सिमलाबारी मुख्यालय स्रोतले बताएको छ। डेपुटी कमान्डेन्ट ललेन्द्र रत्नाकरको विशेष उपस्थितिमा लंकापाड़ामा तिरंगा झण्डा वितरण गर्दै देशप्रेमको निम्ति सबैले आ-आफ्नो घरहरुमा तिरंगा झण्डा फहराउने आह्वान गरियो भने स्वाधीनताको ७५5औँ वर्षगाँठको अवसरमा सबैले ‘हर घर तिरंगा’ कार्यक्रमअन्तर्गत झण्डा फहराउने गाउँलेहरुलाई विशेष निवेदन गरियो।











