गान्तोकः ६९औं वाहिनी सशस्त्र सीमा बल, रिनाकले बुधवार ‘विश्व रक्तदान दिवस’ को अवसरमा सेण्ट्रल रेफरल हस्टिपल, गान्तोकको सहयोगमा वाहिनी चिकित्सालयमा रक्तदान शिविर आयोजन गऱ्यो। वाहिनीका चिकित्सा अधिकारी डा. डोमा लाचेनपा, द्वितीय कमान अधिकारी तथा डा. कुन्दन जायसवाल, सहायक कमान्डेन्ट (मेडिकल) करे देखरेखमा र सेण्ट्रल रेफरल हस्पिटलका डा. अमृता, एमडी पेथोलोजी र ७ जना प्यारामेडिकल स्टाफको सहयोगमा रक्तदान सम्पन्न गरियो।
६९ वाहिनी एसएसबी, रिनाकद्वारा आयोजित रक्तदान शिविरमा वाहिनीका कार्यवाहक कमान्डेन्ट रंगानाध चिंताडा, द्वितीय कमान अधिकारी तथा ३२ अन्य कर्मचारी र बिहार रेजीमेन्ट (भारतीय सेना) का सात अधिकारी/कर्मचारीले रक्तदान गरे।
विश्व रक्तदाता दिवसको अवसरमा ६९औं बटालियन सशस्त्र सीमा बल, रिनाकका सम्पूर्ण अधिकारी/कर्मचारीहरूले नियमित रूपमा रक्तदान गर्ने, बिना कुनै भेदभाव, जाति-धर्मबाट मुक्त बनेर अनि कुनै प्रकारको प्रलोभनमा नपरि रक्तदान गर्ने शपत लिएका छन्।
-हिस











