इटानगर(अरुणाचल): अरुणाचल स्विमिङ एसोसिएसन(एएसए)ले मुख्यमन्त्री राहत कोष (चिफ मिनिस्टर्स रिलिफ फन्ड) मा २ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ। एसोसिएसनका अध्यक्ष श्री तान्या अगु जीको नेतृत्वमा उक्त रकम हस्तान्तरण गरिएको हो।
अरुणाचल प्रदेशका मुख्यमन्त्री पेमा खाण्डुले उदारतापूर्वक सहयोग गरेकोमा अरुणाचल स्विमिङ एसोसिएसन तथा अध्यक्ष तान्या अगुप्रति धन्यवाद व्यक्त गर्नुभएको छ।
खेलकुद क्षेत्रको प्रवर्द्धनमा मात्र सीमित नरही खेलकुद सङ्घ-संस्थाहरूले समाजप्रति उत्तरदायी बन्दै अर्थपूर्ण योगदान पुऱ्याउनु निकै सराहनीय र उत्साहजनक विषय भएको मुख्यमन्त्री खाण्डुले उल्लेख गर्नुभएको छ। सहयोग हस्तान्तरण तथा भेटघाटका क्रममा मुख्यमन्त्री खाण्डु, एसोसिएसनका पदाधिकारी तथा प्रतिनिधिहरूबीच छलफल समेत भएको तस्बिरहरूमा देखिएको छ।





