एसआईआरको सुनवाईको कार्यमा भागोप्रमोद्वारा जनसाधारणलाई सहयोग

IMG-20260121-WA0107

खरसाङ: वर्तमानमा भारतको निवार्चन आयोगद्वारा मतदाता गहन पुनःनिरीक्षण एसआईआरको सुनवाई प्रक्रिया खरसाङ नगरपालिकाको विभिन्न बुथ‌ अन्तर्गत खरसाङ महकुमा शासक कार्यालयमा चलिरहेको छ। यस सुनवाई प्रक्रियामा जनसाधारणले फारम भर्नु,पत्र लेख्नु, कागज पत्र मिलाउनु साथै अन्य जानकारीको अभावमा धेरै नै असुविधा भोगिरहेको छ। यी सबै कुरालाई ध्यानमा राख्दै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ टाउन कमिटीको पहल साथै केन्द्रीय अध्यक्ष अनित थापाको परामर्श अनुसार पार्टीको पक्षबाट महकुमा शासक कार्यालय परिसरमा बुधवार हेल्प डेस्क खोलेर सहयोग गरेका छन्। यस अवसरमा असुविधामा परेको वा अज्ञानता भ‌एका जनसाधारणलाई सहयोग गर्ने कार्य गरेको बताइएको छ। यस टोलीमा टाउन कमिटीको मूल सचिव बिरबल पाखरीन, खरसाङ महकुमा नारी शक्ति सभापति सबिता कार्की (चुनाव प्रभारी नगरपालिका क्षेत्र खरसाङ) उपाध्यक्ष सन्तोष परी, संजय मुखिया, सह सचिव रमोद गुरूङ, कोषाध्यक्ष राजेन प्रधान, सह प्रचार प्रसार सचिव रबि तोलाङी, कार्यकारिणी सदस्यहरू पासाङ यल्मो र बिशान तामङ बिशेष रूपले उपस्थित थिए। यो एसआईआरको सुनवाई प्रक्रियाले जनसाधारणलाई धेरै नै दुःख पाईरहेको गुनासो जन मानसबाट सुन्न पाईएको र भारतको निर्वाचन आयोगले भाजपा सरकारको इशारामा कार्य नगरेर स्वतन्त्र रूपमा कार्य गर्नु पर्ने सुझाव मूल सचिव बिरबल पाखरीनले राखेका छन्। यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै टाउन कमिटीको‌ मूल सचिव बीरबल पाख्रीन, नारी शक्तिको खरसाङ महकुमा समितिको सभापति सबिता कार्कीले विस्तृत रुपमा जानकारी गराएका छन्।

About Author

Advertisement