एशियन शूटिंग च्याम्पियनमा २ वटा स्वर्ण पदक जित्न सफल ईशा सिंह

IMG-20260204-WA0088

नयाँ दिल्ली: ओलम्पियन ईशा सिंहले एशियन शूटिंग च्याम्पियनशीप (पिस्टल/राइफल)-को पहिलो दिन नै भारतलाई २ वटा स्वर्ण पदक दिलाएर असाधारण शुरुवात गरिन्। महिलाहरूकी १० मीटर एयर पिस्टल व्यक्तिगत स्पर्धाको साथ-साथ टीम इभेण्टमा पनि ईशाको अगुवाईमा भारतले स्वर्ण पदक जित्यो। २१ वर्षीय ईशाले फाइनलमा शुरुवातमा पछाड़िए पनि संयमको साथ खेल्दै २३९.८ पोइण्ट्स हासिल गरी स्वर्ण पदक जितिन्। उनले चाइनीज ताइपेकी चेंग येन चिंग (२३५.४) र यू ऐ वेन (२१७.७)-लाई पछि छोड़िन्। यो ईशाको सीनियर एशियन च्याम्पियनशीपमा दोस्रो स्वर्ण पदक हो। भारतकी युवा शूटर सुरुचि सिंह फाइनलमा चौथो स्थानमा रहिन् जबकि पेरिस ओलम्पिकमा २ वटा काँस्य पदक जित्ने मनु भाकर सातौं स्थानमा रहिन्। क्वालीफाईंग राउण्डमा सुरुचिले ५७६ पोइण्ट्स जबकि ईशा र मनुले ५७५–५७५ पोइण्ट्स हासिल गरी फाइनलमा स्थान बनाएकी थिइन्। यसरी महिलाहरूकी १० मीटर एयर पिस्टल स्पर्धामा सुरुचि (५७६), मनु (५७५) र ईशा (५७५)-को टीमले जम्मा १७२६ पोइण्ट्सको साथ स्वर्ण पदक जित्यो। टीम स्पर्धामा वियतनाम र चाइनीज ताइपे क्रमशः दोस्रो र तेस्रो स्थानमा रह्यो। पुरुषहरूका १० मीटर एयर पिस्टल स्पर्धामा वर्ल्ड च्याम्पियन सम्राट राणाबाट स्वर्ण पदकको आशा थियो तर फाइनलमा उनले आशानुरुप प्रदर्शन गर्न सकेनन् अनि २२०.३ पोइण्ट्सको साथ काँस्य पदक मात्र जित्न सके। उज्बेकिस्तानका व्लादिमीर स्वेचनिकोवले स्वर्ण पदक जिते। पुरुष टीम स्पर्धामा पनि भारत दोस्रो स्थानमा रह्यो। सम्राट (५८१), श्रवण कुमार (५७८) र वरुण तोमर (५७३)-को टीमले रजत पदक जित्यो। इनर १०-को आधारमा स्वर्ण पदक उज्बेकिस्तानले हासिल गऱ्यो। यस च्याम्पियनशीपमा भारतले ११८ जना शूटरको सबैभन्दा ठूलो टीम उतारेको छ।

About Author

Advertisement