एलएसजी-विरुद्ध पञ्जाब किंग्सको ५४ रनले एकतर्फी जीत

IMG-20260420-WA0004

चण्डीगढ़: आईपीएल २०२६-मा पञ्जाब किंग्सले आफ्नो अजेय अभियान जारी राख्यो। आइतवार खेलिएको दिनको दोस्रो म्याचमा पञ्जाब किंग्सले लखनऊ सुपर जाइण्ट्स (एलएसजी)-लाई सजिलै ५४ रनले पराजित गऱ्यो। यस जीतको साथ एलएसजी ६ वटा म्याचमा ११ पोइण्ट्सको साथ आईपीएल पोइण्ट्स टेबलको शीर्षमा कायम रह्यो जबकि एलएसजी ४ पोइण्ट्सको साथ आठौं स्थानमा रहेको छ। न्यू चण्डीगढ़को स्टेडियममा टस हारेर पहिला ब्याटिंग गर्दै पञ्जाब किंग्सले २० ओभरमा ७ विकेट गुमाएर २५४ रनको विशाल स्कोर बनायो। पञ्जाब किंंग्सको तर्फबाट ओपनर प्रियांश आर्यले ९ वटा छक्का र ४ वटा चौकाको सहायताले ३७ बलमा ९३ रन बनाए। यसरी कूपर कोनोलीले ८ वटा चौका र ७ वटा छक्काको सहायताले ४६ बलमा ८७ रन बनाए। प्रियांश र कोनोलीले मिलेर दोस्रो विकेटको निम्ति १८२ रनको पार्टनरशीप गरे। यी दुईबाहेक मार्कस स्टोइनिसले २९ र शशांक सिंहले १७ रनको योगदान दिए। एलएसजी-का बलरहरूमा प्रिन्स यादव र मणिमरन सिद्धार्थले २-२ विकेट लिए। जवाफमा एलएसजी-ले २० ओभरमा ५ विकेट गुमाएर २०० रन मात्र बनाउन सक्यो। लखनऊ फ्रेञ्चाइजीको निम्ति शीर्ष ५-मा चारजनाले असल ब्याटिंग गरे पनि कसैले अर्द्धशतक बनाउन सकेनन्। कप्तान रिषभ पन्तले ४ वटा छक्का र एउटा चौकाको सहायताले २३ बलमा सर्वाधिक ४३ रन बनाए। यसरी एडन मार्करमले ३ वटा छक्का र ३ वटा चौकाको सहायताले २२ बलमा ४२ रन बनाए। यी दुई बाहेक मिचेल मार्शले ४० र आयुष बदोनीले ३५ रनको योगदान दिए। मुकुल चौधरी २१ रनमा अविजित रहे। पञ्जाबका बलरहरूमा मार्को यानसनले सर्वाधिक २ विकेट लिए।

About Author

Advertisement