एम्बाप्पेको २ गोलले रियल म्याड्रिडको एकतर्फी जीत

IMG-20260913-WA0063

म्याड्रिड: स्पेनिश ला लीगा फूटबल प्रतियोगितामा गत म्याचको निराशाजनक नतीजालाई भुलेर रियल म्याड्रिड जीतको लयमा फर्कियो। शनिवार राति खेलिएको एकतर्फी म्याचमा रियल म्याड्रिडले रायो भाल्लेकानोलाई ४-१-ले पराजित गऱ्यो। ला लीगाको नयाँ सीजनमा लगातार ३ वटा जीतपछि रियल म्याड्रिडले गत म्याचमा रियल बेटिसविरुद्ध ०-१-ले हारको सामना गर्नु परेको थियो। त्यस म्याचको हारलाई भुलेर रियल म्याड्रिडले रालो भाल्लेकानोविरुद्ध असल शुरुवात गर्दै मध्यान्तर अघि नै ३-०-को बढ़त हासिल गऱ्यो। आफ्नो घरेलु मैदान सेण्टियागो बर्नब्यू स्टेडियममा ५६ प्रतिशत बल पोजेशनको साथ खेल्ने जोसे मुरिन्होको टोलीबाट कीलियन एम्बाप्पेले १४औं, अल्भारो कारेरासले १७औं र जूड बेलिंघमले ३५औं मिनटमा गोल गरे। मध्यान्तरपछि रायो भाल्लेकानोले पुनरागमनको प्रयास गर्दै एक गोल हासिल गऱ्यो। टोलीको निम्ति सर्जियो कामेलोले ५१औं मिनटमा गोल गरे। अन्तमा एम्बाप्पेले इञ्ज्युरी टाइमको पहिलो मिनटमा व्यक्तिगत दोस्रो गोलको साथ रियल म्याड्रिडको जीत सुनिश्चित गरे। यस जीतको साथ रियल म्याड्रिड ५ वटा म्याचमा १२ अंकको साथ ला लीगा अंक तालिकामा गोल अन्तरको आधारमा दोस्रो स्थानमा रहन पुग्यो। यसरी सेविलेले भेलेन्सियाविरुद्ध १-०-ले रोमाञ्चक जीत हासिल गऱ्यो। घरेलु टोलीको तर्फबाट म्याचको एकमात्र गोल जुआन इग्लेसियसले ८१औं मिनटमा गरे। यसबीच अलावेसले चाहिँ रेसिंग साण्टेण्डरविरुद्ध १-२-ले हारको सामना गर्नु पऱ्यो। विजेता टोलीको तर्फबाट दुवै गोल यास्सिर जाबिरिले गरे। उनले म्याचको ३८औं र ५३औं मिनटमा गोल गरे। अलावेस र सेविलेसँग १०-१० अंक रहेको छ तर गोल अन्तरको आधारमा अलावेस तेस्रो स्थानमा रहेको छ। ला लीगाको अन्य एउटा म्याचमा एस्पानयोलले ओसासुनालाई २-०-ले पराजित गऱ्यो। यसरी एथलेटिक क्लब बिल्बाओ र एल्चेबीच खेलिएको म्याच १-१-ले ड्र रह्यो।

About Author

Advertisement