मल्ली: आईडीसीसी कमिटी १२- मल्ली कन्स्टीट्यूएन्सी-को आयोजनमा ७८औं स्वतन्त्रता दिवसको अवसरमा जारी प्रतिष्ठित एमएलए च्यालेञ्ज कप नक्आउट फूटबल टुर्नामेण्टमा आइतवार चौथो तथा अन्तिम क्वार्टर फाइनल म्याच खेलियो। मल्ली डाँड़ा खेल मैदानमा आज भएको म्याचमा किर्ने फूटबल क्लबले नाम्चीको सिनाल्चु फूटबल क्लबलाई १-०-ले पराजित गऱ्यो। विजेता टीमबाट एकमात्र गोल गर्ने बक्सर प्रधानलाई प्लेयर अव् द म्याच चयन गरियो। आजको म्याचमा मुख्य अतिथिको रूपमा यूडी एण्ड एचडी डिपार्टमेण्ट (गवर्मेण्ट अव् सिक्किम)-का सेक्रेटरी उपस्थित थिए। यसरी विशिष्ट अतिथिको रूपमा एनबी प्रधान (एमएलए, मल्ली)-को उपस्थिति रहेको थियो। यसरी किशोर छेत्री (एचएचओ, मल्ली) र प्रदीप छेत्री (एसएचओ, पाक्योंग)-को विसेष उपस्थिति रहेको थियो। टुर्नामेण्टको दुईवटा सेमिफाइनल १२ र १३ अगस्तमा हुनेछ। यसरी फाइनल १५ अगस्तमा खेलिनेछ।

यसरी १३ अगस्तमा म्याराथन दौड़ अनि अण्डर-१४ इण्टर स्कूल फूटबल टुर्नामेण्टको फाइनलसहित अन्य कार्यक्रमहरू रहनेछ। यस प्रतिष्ठित नाइन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसको साथमा अन्य आकर्षक व्यक्तिगत पुरस्कारहरू पनि रहनेछ। यसरी अण्डर-१४ टुर्नामेण्टमा सदाम सीनियर सेकेण्डरी स्कूलले सिक्किम पब्लिक स्कूल (मल्ली बजार)-लाई ४-१-ले पराजित गऱ्यो। विजेता टीमका दीपेन पौड़्याललाई प्लेयर अव् द म्याच चयन गरियो।










